महाअधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले महोत्तरीमा चरम विवाद — OSNepal

महाअधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले महोत्तरीमा चरम विवाद

LC (KTM) November 12, 2021 0

महोत्तरी, २६, कात्तिक – नेकपा एमाले महोत्तरीको महाअधिवेशन छनोटमा चरम विवाद सिर्जना भएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीले समेत प्रतिनिधिका लागी दाबी गरेपछि विवाद सिर्जना भएको हो ।

नेकपा एमालेले देशभरिबाट सनिबारसम्म प्रतिनिधि छनोट गरिसक्नु पर्ने निर्देशन दिए पनि महोत्तरीमा भने सर्वसम्मतिमा प्रतिनिधि छनोटमा निक्कै समस्या सिर्जना हुने स्थिति सिर्जना भएको छ ।

प्रतिनिधि छनोटको लागी शुक्रबार बसेको बैठकमा समेत विवाद सिर्जना भएपछि बिना निष्कर्ष स्थगित भएको थियो ।

नेकपा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीका अनुसार महोत्तरीमा अहिलेसम्म १७ हजार ७ सय सदस्य छन् । सदस्य संख्याको आधारमा नेकपा एमालेको विधानअनुसार झण्डै २८ जना प्रतिनिधि छान्नुपर्ने हुन्छ ।

`सबै जनाको माहाअधिवेशन प्रतिनिधिमा दाबी भएको हुनाले सहमति हुन सकेको छैन तर हामी गृहकार्य गरिरहेका छौ,’ इन्चार्ज बलाम्पाकीले भने ।

दलित प्रतिनिधिको लागि भने आरक्षण कोटा भएको हुँदा कुनै विवाद नभएको पनि बलाम्पाकीले जानकारी दिए । अहिलेसम्म महाअधिवेशन प्रतिनिधिको लागी कोही पनि निर्विरोध चयन नभएको नेकपा एमाले महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर