वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन — OSNepal

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन

LC (KTM) May 26, 2021 0

काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षको उमेरमा निधन भएको छ ।कोरोना संक्रमण देखिएका कारण उपचारका लागि विपि स्मृति अस्पतालमा भर्ना गरिएको थियो उनको उपचारकै क्रममा ज्यान गएको हो ।

शाक्य आफ्नै टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा रहेका थिए । रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायकरगायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ ३ दशक अघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए ।

सांस्कृतिक संस्थानबाट सेवानिवृत वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक थिए । उनले विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर