काठमाडौं २६ कात्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले पार्टी छाड्ने लहर नै चलेको बताएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटिको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा सबैको आकर्षण बढेको भन्देै यस्तो टिप्पणी गरेका हुन् ।
‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालले भने । भोली शनिबारबाट शुरु हुने पार्टीको स्थायी कमिटिकोे बैठकको एजेण्डा तयार पार्न बसेको बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
आजको स्थायी कमिटिको बैठकमा मृर्गौला प्रत्यारोपण गरेका वरिष्ठ नेता पहिलो पटक पार्टीको बैठकमा सहभागी भएका छन् ।