मंसिर १ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिँदै ,पहिलो र अन्तिम पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा — OSNepal

मंसिर १ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिँदै ,पहिलो र अन्तिम पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । सरकारले मंसिर १ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ । राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर १ गते विशेष समारोहका बीच ई पासपोर्टको वितरण सुरु गरिने भएको छ ।

यसको लागि छपाइको काम भने विभागको नयाँ भवन त्रिपुरेश्वरमा अन्तिम चरणको कामहरु भइरहेको छ । सुरुका दिनमा सिमित रुपमा वितरण गरिने ई पासपोर्ट एक हप्तापछि भने पुर्ण रुपमा सञ्चालन गरिने बताइएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपालको ई-पासपोर्टमा ६४ वटा पृष्ठहरु समावेश हुने भएका छन् । जसको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहने भएको छ ।

अन्यमा भने सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो समावेश हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर