मलामी गएका १७ वर्षीय महेशनको नदीमा डुबेर मृ त्यु — OSNepal

मलामी गएका १७ वर्षीय महेशनको नदीमा डुबेर मृ त्यु

LC (KTM) May 26, 2021 0

बैतडी, १२ जेठ – मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृ त्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए । बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृ तावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर