काठमाडौं २६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटवार्ताका लागि बोलाएका छन् ।
सर्वोच्च अदालतमा देखा परेको विवादको विषयमा छलफल गर्न शुक्रबार देउवाले मन्त्री बडुलाई बोलाएका हुन् ।
मन्त्री बडु र वरिष्ठ अधिवक्ताहरूबीच बिहिबार वर्तनमा विषयलाई लिएर छलफल भएको थियो । देउवाले मन्त्री बडुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बोलाएका हुन् ।