नेपाली जनताले जन्माएको 'प्रचण्ड' हुँ :प्रचण्ड — OSNepal

नेपाली जनताले जन्माएको ‘प्रचण्ड’ हुँ :प्रचण्ड

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै समयमा थुप्रै प्रचण्ड जन्मिन नसक्ने बताएका छन् । शुक्बार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिक्रान्तिकारीहरु आफुलाई सिध्याउन लागि परेको बताएका प्रचण्डले कार्यक्रममा भने, ‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्’ ।

आफुलाई नेपाली जनताले जन्माएको बताएका उनले भने, ‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको । तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्,’ ।

एउटा समय र एउटा कालमा थुप्रै माक्र्स, लेनिन र माओ नहुने बताएका प्रचण्डले जनता, आन्दोलन, संघर्ष, बलिदान तथा सहि विचारले पैदा हुने बताएका छन् । कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति नहुने दावी गरेका प्रचण्डले एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर