सर्वोच्च अदालतको परिसरमा चार तहको सुरक्षा घेरा , सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी प्रमुख एसएसपी नै फिल्डमा — OSNepal

सर्वोच्च अदालतको परिसरमा चार तहको सुरक्षा घेरा , सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी प्रमुख एसएसपी नै फिल्डमा

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । सर्वोच्च अदालतको परिसर भित्र र बाहिर बाक्लो सुरक्षाकर्मीको उपस्थित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले नेतृत्वमा भइरहेको विरोध प्रदर्शनमा रोक्न प्रहरीको बाक्लो सहभागिता रहेको हो ।

प्रधानन्यायाधीशलाई सर्वोच्च भित्र प्रवेश गर्न नदिने बारको योजना विफ बनाउँदै चार तहको सुरक्षा घेरा बनाइएको छ ।

सर्वोच्चको मुल गेट तथा महान्यायाधीवक्ताको कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको कार्यालयतर्फबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्ने गेटहरु समेत बन्द गरी सुरक्षाकर्मीहरुले घेरा हालेका छन् ।

प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।कानुन व्यवसायीहरु भने गेट बाहिर बसेर नै नारा धर्ना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर