प्रधानमन्त्री अ‍ोलीले राजनीतिक अपराध गरे : विडारी — OSNepal

प्रधानमन्त्री अ‍ोलीले राजनीतिक अपराध गरे : विडारी

LC (KTM) May 26, 2021 0

काठमाडौं १२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अपराध गरेको बताएका छन् । हिजो एक कार्यक्रमा सहभागी भएका नेता विडारीले ओलीले संसद विघटन गरेर वेइमानी गरेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुल संसदमा विश्वासको मत नपाएपछि फेरि प्रधानमन्त्रीको दावी गर्नु गलत भएको बताउँदै विडारीले दुई महिनाको बिचमा दुई पटक आदालतको आदेशको विरुद्धमा संसद विघटन गरेको बताएका छन् । कार्यक्रममा बोल्ने क्रममा विडारीले भने , “संसारकै इतिहासमा यस्तो प्रकारको निकृष्ट, जघन्य, राजनीतिक अपराध सायद कुनै देशमा भएको छैन होला । एउटै प्रधानमन्त्रीले दुई महिनाको बीचमा दुई पटक अदालतको आदेशको विरुद्धमा समेत लत्याएर फेरि संसद् विघटन गर्न पाईन्छ ?”

१४९ जना सांसदहरुको हस्ताक्षसहित प्रधानमन्त्रीको लागि संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीको दावी गर्दा समेत राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सहकार्यमा बेइमानी गरेको विडारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर