संसद पुर्नस्थापना गर्ने प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात' विषय हो : माधव नेपाल — OSNepal

संसद पुर्नस्थापना गर्ने प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ विषय हो : माधव नेपाल

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको कामलाई लिएर प्रंशसा गरेका छन् ।

बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले संसद पुर्नस्थापना गरेर प्रधानन्यायाधीशले राम्रो काम गरेको बताउँदै उनको प्रशंसा गरेका हुन् ।

न्यायालय समवेदनशील निकाय भएको बताएका उनले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विषयमा समेत आलोचना गरेका छन् ।

नेपालले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ भएको भन्दै राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार लगायत साथ नदिने सबैको ओली विरोधी भएको बताएका छन् ।

गठबन्धन सरकार अगामी चुनावसम्म कायम रहने पनि स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर