प्रहरी मार्फत प्रधानन्यायाधीशले पठाएको त्यो खबर बारका अध्यक्ष श्रेष्ठ गरे अस्विकार — OSNepal

प्रहरी मार्फत प्रधानन्यायाधीशले पठाएको त्यो खबर बारका अध्यक्ष श्रेष्ठ गरे अस्विकार

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न अस्विकार गरेका छन् । प्रधानन्यायाधीशको राजीनमा माग गर्दै आएका श्रेष्ठले आफु एक्लै जवरालाई भेट्न नजाने भन्दै भेट्न अस्विकार गरेका हुन् ।

जवराले पनि श्रेष्ठलाई भेट्न भनी प्रहरी मार्फत खबर पठाएका थिए । तर श्रेष्ठले भने जवरा विरुद्ध आक्रमत अभिव्यक्ति दिएका छन् । आज भएको विरोध प्रदर्शनमा न्यायाधीशहरु समेत घाइते भएपछि भोली शुक्रबार अदालत बन्द गर्ने बताएका छन् ।

जवरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने समेत श्रेष्ठले बताएका छन् । अब जवराको विरुद्ध जनता पनि आउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर