पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न मागसहित प्रधानमन्त्री देउवाको पोखरामा पुत्ला दहन — OSNepal

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न मागसहित प्रधानमन्त्री देउवाको पोखरामा पुत्ला दहन

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । नेकपा एमाले निकट अनेरास्ववियु नेतृत्व टोलीले आज बिहिबार पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् ।

आजबाट लागु हुने गरी डिजेल पट्रोलमा प्रतिलिटर तिन रुपैंया नेपाल आयल निगमले बढाएको छ । साथै खाना पकाउने ग्याँसमा भने प्रतिसिलिण्डर ७५ रुपैंया बढाएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गरिएको छ । तत्काल मुल्य वृद्धि फिर्ता नलिए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर