आज तोकिएको नौ इजलासमा जवराले अरु मुद्दालाई प्राथमिकता दिएर बन्दी प्रत्यक्षीकरणको पेशी पछाडि तोकिदिए — OSNepal

आज तोकिएको नौ इजलासमा जवराले अरु मुद्दालाई प्राथमिकता दिएर बन्दी प्रत्यक्षीकरणको पेशी पछाडि तोकिदिए

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्धालाई पछाडी राखेर अरु मुद्धाहरुलाई अगाडी राखेका छन् । प्रधानन्यायाधीशले आफुसँग अशन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरोमा पार्न अरु मुद्धाहरुलाई अगाडी ल्याई बन्दी प्रत्यक्षीकरणको मुद्धालई पछाडी राखेका ह्ुन् ।

अदालतमा चलिआएको नियम विपरित जवराले न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा। कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिदिएका छन् । यसो गर्दा क्रमैसँग मुद्धा हेर्नु पर्ने हुन्छ बिचको छानेर मुद्धा हेर्न पाइँदैन ।

सुरुमै बन्दी प्रत्यक्षीकरणको मुद्धाको पेशी तोक्दा न्यायाधीहहरु पछि अरु मुद्दाहरु हेर्न नभ्याइने भनेर निस्कने गर्थे यही अप्ठेरो पाने जवराले यसो गरेका हुन् । आज मात्र
जवराले ९ वटा इजलास तोकेका छन् ।

जसमा आफुलाई र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकिदिएका छन् । एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास तोकेका छन् ।

नियमअनुसारबन्दीप्रत्यक्षीकरणको निवेदनउच्च प्राथमिकतामा पर्छ । पेशी तोक्दा बन्दी प्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर