मुल्य वृद्धि भएको १२ दिन पछि फेरि बढ्यो पेट्रोलिय पदार्थको मुल्य , खाना पकाउने ग्यास अब प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ — OSNepal

मुल्य वृद्धि भएको १२ दिन पछि फेरि बढ्यो पेट्रोलिय पदार्थको मुल्य , खाना पकाउने ग्यास अब प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । १२ दिनअघि मात्रै बढेको पेट्रोलिय पदार्थको मुल्य फेरि पनि बढेको छ । आज बुधबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेबाट लागु हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।

अब पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेर पेट्रोल लिटरको १३६ रुपैयाँ,डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ ,आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुगेको छ ।

त्यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १५७५ कायम गरिएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर