जेठ २ लाई लिएर एमाले नेताबिच भाँडभैलो, बैठकमा माइक नै खोसाखोस — OSNepal

जेठ २ लाई लिएर एमाले नेताबिच भाँडभैलो, बैठकमा माइक नै खोसाखोस

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । नेकपा एमालेमा जेठ २ को अवस्थालाई लिएर भाँडभैलो सुरु भएको छ । पार्टीलाई जेठ २ को अवस्थामा लैजाने या नलैजाने विषयमा विवाद सुरु भएपछि सुनसरीको सदरमुकाम इनरुवामा आज बुधबार बसेको जिल्ला कमिटि बैठकमा नेताहरुबिच भाँडभैलाउ भएको हो ।

जिल्लाको साविक अध्यक्ष रमेश बस्नेत र अध्यक्ष केपी ओलीले बनाएको अध्यष रेवतीरमण भण्डारी समूहबीच विवाद हुँदा माइन नै खोसाखोस भएको छ ।

जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि र्सिजना भएको विवाद पछि इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले निरौला बोल्ने क्रममा माइक नै खोसी कार्यक्रमबाट बाहिरिएका छन् ।

धरानका ३२ नेताहरुले उक्त बैठक वहिष्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर