पछिल्लो २४ घण्टामा देशभर थप ४४० जना कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा देशभर थप ४४० जना कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मृत्यु

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४४० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गरी ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टी भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप जनाको संक्रमितको ज्यान गएको छ । साथै ४७४ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर