काठमाडौँ उपत्यकामा किराना पसलसमेत खोल्न नपाइने नियम आएपछि आज बिहानैदेखि किराना पसलमा लाइन, कोरोना झनै फैलिने खतरा — OSNepal

काठमाडौँ उपत्यकामा किराना पसलसमेत खोल्न नपाइने नियम आएपछि आज बिहानैदेखि किराना पसलमा लाइन, कोरोना झनै फैलिने खतरा

LC (KTM) May 26, 2021 0

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा एक साता थपसहित किराना पसलसमेत खोल्न नपाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जारी एक साता थपसँगै उपत्यकामा अब आगामी २० जेठसम्म निषेधाज्ञा कायम हुनेछ । काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पाइनेछैन ।

कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । ‘जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय भयो, अब किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइनेछैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।
तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइनेछ । कोरोना दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा गत १६ वैशाखदेखि निषेधाज्ञा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर