प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार, यस्तो छ जवराको सर्त — OSNepal

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार, यस्तो छ जवराको सर्त

LC (KTM) November 10, 2021 0

काठमाडौँ २४ कात्तिक । अन्तत: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि जवराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने सर्त अगाडी सार्दै आफु राजीनामा दिन तयार भएको बताएको जनाइएको छ ।

साथै उनले आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग समेत अगाडी सारेको बताइएको छ । आफुले सारेको शर्त सबै न्यायाधिशले माने आफु राजीनामा दिन तयार भएको जवराले बताएको बुझिएको छ ।

न्यायालयको सम्मान गर्न नसकेको भन्दै जवराले राजीनामा दिनपर्ने भन्दै न्यायाधीशहरले दोस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर