कैलालीमा २२ वर्षीय युवकको हत्या गर्ने नेपाली सेनाका मेजरसँग झडप गर्ने समुह भएको पुष्टि — OSNepal

कैलालीमा २२ वर्षीय युवकको हत्या गर्ने नेपाली सेनाका मेजरसँग झडप गर्ने समुह भएको पुष्टि

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । कैलालीमा २२ वर्षीय युवकको हत्या गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीसँग झडप गर्ने टोली रहेको खुल्न आएको छ ।

कैलाली टिकापुरका स्थानीय युवक भुपेन्द्र बडुवाललाई लखेट्दै चक्कु प्रहार गर्ने समुहले आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरंगेका मेजर शाहीसँग झगडा गरेको थियो ।

पक्राउ पर्नेमा र संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र उनका छोरा रहेका छन् । भने अन्य तिन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवार र आफन्तले हत्यामा संलग्न भएकाहरुलाई कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सयुंक्त रुपमा यस घटनाको अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर