सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार समन्वय समिति बनाइएको हो यो प्रजातान्त्रिक प्रणालीमा आवश्यक छैन : प्रकाशमान सिंह — OSNepal

सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार समन्वय समिति बनाइएको हो यो प्रजातान्त्रिक प्रणालीमा आवश्यक छैन : प्रकाशमान सिंह

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समन्वय समिति आवश्यक नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा नेता सिंहले यस्तो बताएका हुन् ।

नेता सिंहले वर्तमान अवस्थामा सर्वोच्च अदालतमा देखिएको विवाद अन्त्य गर्न पनि सरकारले पहल गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतमा देखिएको समस्याले जनताले दुअ पाएको बताएका उनले भनेका छन्, ‘कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन्, संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’

न्यायालयमा देखिएका समस्यामा सरकार मुकदर्शक भएर बस्न नमिल्ने बताएका सिंहले गठबन्धन अनिर्णयको बन्दी हसन नहुहने बताएका छन् । कार्यक्रममा उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाउन आवश्यक नभएको भन्दै सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार समिति बनाइएको नेता सिंहले आरोप लगाएका छन् ।

प्रजातान्त्रिक प्रणालीमा समन्वय समिति आवश्यक नभएको बताएका उनले अघि भनेका छन्, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर