अटेर नेताहरु बढ्दो संक्रमणमा हुल बाँधेर भेला, बैठक, विरोध गर्नमा ब्यस्त, सरोकारवाला निकाय रमिते — OSNepal

अटेर नेताहरु बढ्दो संक्रमणमा हुल बाँधेर भेला, बैठक, विरोध गर्नमा ब्यस्त, सरोकारवाला निकाय रमिते

LC (KTM) May 26, 2021 0

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। मृत्युको संख्या पनि घट्न सकेको छैन। निषेधाज्ञाको अवधि थपिँदो छ। सरकारले यसलाई झन् कडा बनाउँदै लगेको छ। अक्सिन र भेन्टिलेटरको अभावमा संक्रमितहरूले पर्याप्त उपचार पाइरहेका छैनन्। फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले आफ्नो र परिवारको भन्दा संक्रमितहरूको जीवनरक्षा गर्न ज्यान जोखिममा पारेका छन्।

यस्तो बेला समाजको अगुवा बन्नुपर्ने राजनीतिक दलका नेता, कार्यकर्ताहरूले मान्छे भेला पार्दै विरोध र स्वागतका कार्यक्रमहरू निर्वाध गर्न थालेका छन्। नेताहरूकै अगुवाइमा निषेधाज्ञाको उल्लंघन गर्दै विभिन्न ठाउँमा हुल बाँधेर भेला, बैठक, विरोध प्रदर्शन र स्वागत कार्यक्रम हुन थालेका छन्। कोरोनाको विषम परिस्थितिमा राजनीतिक अस्थिरता झनै बढेको छ। कतै दुई त कतै तीन सातादेखि सुनसान रहेको बजारहरूमा तीन दिनयता राजनीतिक चहलपहल हुन थालेको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध रिट लिएर सोमबार हजारौंको संख्या सर्वोच्च अदालत गयो। निषेधाज्ञा उल्लंघन गरेको सजाय तोक्ने निकाय पनि त्यही हो। अदालतमा जान पाइन्छ तर सुरक्षा मापदण्ड पालना हुनुपर्छ।

जनकपुर, भक्तपुर, हेटौँडा, रौतहट, उदयपुर, राजविराजलगायतका ठाउँमा नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव समर्थित जसपा नेपालका कार्यकर्ताहरू तथा तरुण दल र वाईसीएल नेपालले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन, मसाल जुलुस र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्।

अर्कोतिर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेपछि प्रदेश २ का सबै जिल्लामा दीपावली गरिएको छ। नेकपा (एमाले), महन्थ ठाकुर समर्थित जसपा कार्यकर्ता र जनमत पार्टीका नेता, कार्यकर्ताले अध्यादेशको स्वागतमा चोक, पार्टी कार्यालयमा र नागरिकहरूले घर–घरमा दीपावली गरेका छन्। त्यस क्रममा पनि सुरक्षा मापदण्ड पूर्णतः उल्लंघन गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर