काठमाडौं-‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप बिक्की अग्रवालकी आमाको दुखद निधन भएको छ ।मंगलबार दिउँसो ३ बजे विक्की आमालाई कोठामा छाडेर निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किंदा उनकी आमा अचेत अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए ।उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।विक्कीका बुबा र दाजु नेपाल आएर अपरान्ह ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको बताइएको छ ।विक्की भारतको सिक्किम निवासी हुन् ।‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् ।