मुम्बई । बलिउड निर्देशक रोहित सेट्टीले निर्देशन गरेको चलचित्र ‘सूर्यवंशी’ सार्वजनिक भएको छ । कोरोना कहरका कारण निर्देशक सेट्टी र उनको टिमले दुई वर्षदेखि यो चलचित्रलाई हलमा प्रदर्शनका लागि प्रतीक्षा गरेको थियो । चलचित्रमा भारतका विभिन्न स्थानमा आतंकवादी हमलाको कथापछि पर्दामा ‘सूर्यवंशी’ अर्थात् अक्षय कुमारको प्रवेश हुन्छ ।
चलचित्रमा अभिनेता अक्षय कुमार भारतका विभिन्न राज्यसँगै मुम्बईमा आतंकवादी हमला रोक्न लागिपरेको विषय रहेको छ । प्रहरीमा रहँदा उनले कैयौंपटक ज्यानको बाजी लगाएर देश र जनताका पक्षमा काम गरेकोे प्रसंगलाई उठाइएको छ ।सौर्य दैनिकमा खबर छ । साथै उनी कैयौं पटक आफ्नो परिवारबाट टाढै बसेका छन् । साथै उनले आफूसँग काम गरेका थुप्रैैैलाई गुमाएका छन् । उनी मुम्बईका विभिन्न ६ स्थानमा आतंकवादीले गर्न लागेको हमलालाई रोक्न सफल हुन्छन् । चलचित्रमा उनलाई अभिनेता अजय देवगण र रणवीर सिंहले साथ दिएका छन् ।
चलचित्रको अन्तिम ३० मिनेटमा अभिनेता अजय, अक्षय र रणवीरको केमेस्ट्री निकै आकर्षक रहेको छ जसले दर्शकमा छुट्टै उत्साह पैदा गर्छ । चलचित्रमा अभिनेत्री कट्रिना कैफ पर्दामा देखिएकी छन् । यस्तै, अभिनेत्री रविना टण्डन र अक्षय कुमारले नृृत्य गरेको ‘टिप टिप वर्षा पानी’ बोेलको रिमेकमा कट्रिनाकोे आकर्षक नृत्य रहेको छ । चलचित्रमा अक्षय कुमारको नाम बिर्सने बानीले दर्शकलाई हसाउँछ । साथै चलचित्रमा विश्वमा एउटै धर्म हुने हो भने मानिस–मानिसबीच युद्ध नै नहुने सन्देशप्रवाह गरेको छ । गणेशको मन्दिर उठाउन नसकेका पुजारीलाई सहयोग गर्न मुस्लिम धर्मावलम्बी मन्दिरभित्रै प्रवेश गरेको दृश्य समेत चलचित्रमा देखाइएको छ ।