सहमति विपरित प्रधानन्यायधीशले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेपछि... — OSNepal

सहमति विपरित प्रधानन्यायधीशले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेपछि…

LC (KTM) November 09, 2021 0

काठमाडौं २३ कात्तिक । चौतर्फी राजीनामाको माग भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च अदालतमा नियमित ढंगले इजलास तोकेपछि न्यायाधिशहरु इजलासमा गएनन् ।

दोस्रो चरणको आन्दोलन भइरहदा जवराले आन्दोलनरत १९ न्यायाधीशसँग बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए । तर जवराले मंगलबार सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रयास गरेपछि न्यायाधीशहरु इजलास नगएका हुन् ।

मंगलबार जबराले न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राखेका थिए । आफ्नो एकल र अरु न्यायाधीशको ८ वटा संयुक्त इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेशी तोकेका थिए ।

केसी र शर्माको इजलासले भने बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ अन्य न्यायाधीशहरु भने इजलासनै बसेनन् । जवराको एकल इजलासले भने कारण देखाउ आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर