हेर्दा हेर्दै आफैले काटेको रुखले किचेर धनकुटामा २ जनाको ज्यान गयो — OSNepal

हेर्दा हेर्दै आफैले काटेको रुखले किचेर धनकुटामा २ जनाको ज्यान गयो

LC (KTM) May 25, 2021 0

कहिले काहि सावधानी अपनाउदा अपनाउदै पनि ठुलै घटना घट्न पुग्छ । त्यस्तै भएको छ धनकुटामा । आफैले काटेको रुखले किचेर धनकुटाका दुई ठाउँमा २ जनाको ज्यान गएको छ ।

धनकुटाका दुई वेग्ला–वेग्लै स्थानमा मंगलबार रुखले किचेर दुई जनाको ज्यान गएको हो । महालक्ष्मी नगरपालिका–७ साफु र सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रुखले किचेको हो ।

बिहान करिब ९ बजे आफैले काट्दै गरेको रुख ढलेर किच्दा महालक्ष्मी–७ आन्द्रुङका ३४ बर्षीय पुर्णकुमार लुम्बाको ज्यान गएको हो । ठेकी बनाउँनका लागि लुम्बासहित तीन जना साफुमा रुख काट्न गएका थिए । सोही क्रममा रुख ढलेर किच्दा उनको घटनास्थलमै ज्यान गएको थियो ।

त्यस्तैगरी, सहिदभूमि–३ छिन्ताङमा दिउँसो करिब ३ बजे रुख काटेर ढाल्नलाई तान्ने क्रममा रुख ढलेर किच्दा स्थानीय ४२ बर्षीय नारायण कुमार राईको ज्यान गएको छ । स्थानीय बिरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्नलाई नारायणसहित अन्य व्यक्ति तान्दै थिए । सोही क्रममा रुख लडेर किच्दा घटनास्थलमै उनको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर