शंकरदेव क्‍याम्पस राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन — OSNepal

शंकरदेव क्‍याम्पस राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

LC (KTM) May 25, 2021 0

काठमाडौं-नेपाल विद्यार्थी संघ ९नेबिसंघ०ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विघटनको विरोधमा पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् ।नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए ।

बिरोधमा सहभागीले कालो लुगा लगाएका थिए ।बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो।’ लेखिएको प्ले कार्ड र पुत्लासहित सडकमा प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर