के आफ्ना पितासँग डराउँछन् सलमान खान ? — OSNepal

के आफ्ना पितासँग डराउँछन् सलमान खान ?

LC (KTM) November 08, 2021 0

बिग बोस तथा सलमान खानका फ्यानहरुलई वीकेण्डका बार एपिसोडको एकदमै प्रतिक्षा हुने गर्दछ । शो मा हरेक हप्ता सेलिब्रेटी गेस्ट आउने गर्छन् । उनीहरुले सलमान खान संग एकदमै मस्ती गर्ने गरेका छन् । यस पटक शो मा हिना खान तथा मनीष पल गेस्ट बनेर आए । दुबै जनाले प्रतिष्पर्धीहरु बीच एकदमै मजेदार टास्क समेत गराए । साथै उनीहरुले सलमान खान संग पनि एकदमै मस्ती गरे ।

यसैक्रममा मनीष पलले सलमान लाई अनेकौ चटपटे सवालहरु समेत गरेका थिए । मनीषले गरेको सवालको जवाफ सलमान खानले दिएमा उनले मनीष पल संग आफ्नो कुनै गीतमा हुक स्टेप्स गर्नु पर्ने थियो । मनीषको हरेक सवालको सलमानले एकदमै स्मार्ट ढंगले जवाफ दिएका थिए । मनीषले सलामान लाई सोध्छन् – के तपाई पिता देखी डराउनु हुन्छ ? उनले जवाफ दिन्छन कि उनी पिता संग डराउँदैनन तर आफ्नो पिताको ईज्जत गर्छन् ।

मनीषले फेरी अर्काे सवाल गर्छन् कि उनले कुनै अभिनेत्रीको झुठो तारीफ गरेको छ ? सलमानले हाँस्दै हो सधै गरेको छ भन्छन् । सलमान खानलाई बिग बोस १६ को होस्ट गर्ने सवालमा उनले केही समय रोकिन्छन् । सलमानले यस्तो धुर्त उत्तर दिन्छन कि हो हैन तथा हो कि होइन् । यसपछि दुबै जना एकदमै हाँस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर