नवनियुक्त वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, विपक्षमा खस्यो ४७ मत — OSNepal

नवनियुक्त वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, विपक्षमा खस्यो ४७ मत

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक नवनियुक्त वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । गठवन्धन दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले अजा सोमबार प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका हुन् ।

उनलाई गठवन्धन दलका नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना ,नेकपा माओवादी केन्द्रका २३ जना र जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका थिए ।

उनको विपक्षमा भने ४७ मत खसेको थियो । दुई मत भने तटस्थ रहेको देखिएको छ । हाल वाग्मती प्रदेशमा १०९ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर