थप ३९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु — OSNepal

थप ३९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु

LC (KTM) November 08, 2021 0

काठमाडौं २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ सय २५ जना संक्रमण मुक्त भएका छन् भने, ५ जना संक्रमितको ज्यान गएको छ । हाल देशभर ७,६५४ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर