संविधानको पालना नगर्ने न्यायाधिशहरु सबैले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली — OSNepal

संविधानको पालना नगर्ने न्यायाधिशहरु सबैले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली

LC (KTM) November 08, 2021 0

विराटनगर २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना नगर्ने न्यायाधिशहरु सबैले राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार विराटनगरमा पत्रकाहरुसँग बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

संविधानको व्याख्याता रहेको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले नै यस्तो स्थिति सिर्जना भएको बताएका उनले संवैधानिक इजलास गठन गर्दा पनि सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस्;
एमसीसीको विषयमा देउवा र प्रचण्डमध्ये एकले झुट बोले अध्यक्ष : ओली
काठमाडौं २२ कात्तिक । नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुट बोलेको बताएका छन् ।

सोमबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा देउवा र प्रचण्ड एकले झुट बोलेको बताएका हुन् । दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’ ओलीले भने ।

केहि दिन अगाडी मात्र देउवाले आफ् र प्रचण्ड मिलेर एमसीसी पास गर्छौ भनेर पत्र पठाएको बताएका थिए । त्यसको लगत्तै अध्यक्ष प्रचण्डले भने पास गछौं भनेर पत्र नलेखेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर