प्रधानमन्त्रीका कदम विरुद्ध लड्न मुगुका ५ दल एकजुट — OSNepal

प्रधानमन्त्रीका कदम विरुद्ध लड्न मुगुका ५ दल एकजुट

LC (KTM) May 25, 2021 0

युद्घबहादुर मल्ल/मुगु -मन्त्रीपरिषदको सिफारिसमा राष्टपतीबाट तत्कालिन संसद विगठन गरिएपछि यस कार्यलाई प्रतिगमनको संज्ञा दिदै यसको विरोध गर्न यहाँका प्रमुख दलहरु एकजुट भएका छन ।मंगलबार नेपाली काँगे्रस जिल्ला कार्य समिती मुगुको पाटी कार्यालयमा बसेको प्रमुख कृयाशिल ५ दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा वली र राष्टपति विद्यादेवी भन्डारीबाट पटक पटक संसदलाई वली बनाई संविधान विपरित कार्य गरेको भन्दै यसको जिल्ला स्तरमा शसक्त रुपमा विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।बैठक नेपाली काँगे्रस जिल्ला कार्य समितीका सभापती खड्क बहादुर शाहीको अध्यक्षतामा बसेको थियो । बैठकमा जिल्लामा कृयााशिल प्रमुख पाटीहरु नेपाली काँगे्रस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले माधव–झलनाथ पक्ष,जनता समाजवादी पाटी र राष्टिय जनमोर्चाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

बैठकमा उपस्थित पाटीहरुका प्रमुखहरुले संयुक्त दस्तखत गदै एक विज्ञप्ती निकालेका छन । सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञपतीमा भनिएको छ “नेपाली जनताको ७ दशक लामो कठोर आन्दोलन,त्याग,र बलिदानीपुर्ण संघर्षबाट स्थापित नेपालको संविधान माथी प्रधानमन्त्री केपी शमौ वलीले प्रतिनिधी सभा विघटन गरि आघात पु¥याएका छन । संविधानकोे धारा ७६ को उपधार ३ बमोजिम प्रधानमन्त्रीमा निउक्ति केपी शर्मा वली दा्ररा सोहि धाराको ४ बमोजिम विश्वासको मत लिनु पर्ने बाध्यकारी प्रावधान उलंघन गदै उपधारा ५ बमोजिम प्रधानमन्त्री हुनुपर्ने सिफारिस राष्टपतीलाई गरियो ।

संविधानको संरक्षणको दायित्व रहेको राष्टपतीबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिस अनुसार नै १ दिनको समय सिमा समेत दिई वहुमत जुटाउन गरिएको आव्हान आफैमा शंकाष्पद र¥यो । राष्टपतिको आव्हान अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली काँगे्रसका सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा निउक्तिका लागी समर्थन १४९ सांसदहरुको हस्ताक्षार राष्टपती कहाँ बुझाईए पनि राष्टपती र प्रधानमन्त्रीको मिलेमतोमा १५३ जना सान्सद मध्य एमालेका केहि र जनता समाजवादीका केहि सान्सदको नक्कली हस्ताक्षर गरि केपी शर्माले पनि प्रधानमन्त्रीको दावी पेश गरेको भन्दै राष्टपतीले संविधान अनुसार छानविन नगरि एकलौटी रुपमा मन्त्री परिषदको सिफारिसमा संसद विघटन गदै आगामी कार्तिक २७ र मंसिर ३ गते मध्यवती निर्वाचन घोषणा गर्नु भएको छ । निर्वाचनको घोषणा गरिएपनि वास्तविकतामा प्रधानमन्त्रीले आफनो सत्ता लम्वाउने र आफु प्रधानमन्त्रीको कुर्चीको बसी रहने प्रपंच रचिएको हो ।

यस्तै विज्ञप्तीमा प्रतिनिधी सभालाई रातारात विगठन गर्ने राष्टपती र प्रधानमन्त्रीको असंवैधानिक अलोकतान्त्रिक,स्वेच्छाचारी,निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौ पाटीहरुले भनेका छन । प्रतिनिधी सभा विगठन गरि मुलुकमा अनिस्चिय,अन्यौल र अराजकता सृजना गर्ने प्रतिगमन कार्यको विरुद्घमा एकजुट भै नेपाली जनताको लामो आन्दोलन,संघर्ष र बलिदानीबाट स्थापित नेपालको संविधानमा अन्तरनिहित संघिय लोकतान्त्रिक गणतन्त्र,समावेशी लोकतन्त्र र नेपालको सर्वोपरि राष्टिय हितको रक्षाका लागी दृढतापुर्वक अगाडी बढन हामी यस मुगु जिल्लाका सम्पुर्ण राजनैतिक दल,नागरिक समाज,संचारकर्मी,मानव अधिकारवादी,बुद्घीजिवी,उद्योगी व्यापारी लगायत सम्पुर्ण जनसमुदायहरुलाई हार्दिक अपिल गर्दछौ भनिएको छ ।

विज्ञप्तीमा नेपाली काँगे्रस मुगुका सभापती खड्क बहादुर शाही,नेकपा(माओवादी केन्द्र)का अध्यक्ष सुकविर बुढा,नेकपा एमाले (माधव–झलनाथ पक्ष) का मुगु सचिवालय सदस्य पारसमणी मल्ल,जनता समाजवादी पाटीका अध्यक्ष राज बहादुर भाम र राष्टिय जनमोर्चा मुगुका अध्यक्ष जय बहादुर खड्काले दस्तखत गर्नु भएको छ ।बैठकले केन्द्रिय सर्कुलर अनुसार जिल्लामा शसक्त आन्दोलन गर्ने ,आन्दोनमा आ आफना भातृ,जनवर्गिय लगायत अन्य संघ संगठनहरुको व्यापक परिचालन गर्ने र केपी शर्मा वलीको सरकारले गरेका भष्टाचार,अनियमिता,जनविरोधी कार्यको भण्डाफोर गर्ने पनि निर्णय भएको काँगे्रस प्रवक्ता लोकेन्द्र बहादुर शाहीले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर