चिनियाँ जनमुक्ति सेनाले दियो नेपाली सेनालाई तीन लाख डोज खोप — OSNepal

चिनियाँ जनमुक्ति सेनाले दियो नेपाली सेनालाई तीन लाख डोज खोप

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । नेपाली सेनालाई चीनले तीन लाख डोज कोरोना विरुद्धका खोप प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप हस्तान्तरण गरेकी हुन् ।

नेपाली सेनाले आज सोमबार प्रेस विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन् । यस्तो सहयोगले दुई देश बिचको सेनाको सम्बन्ध थप मजबुद हुने पनि विज्ञप्तीमा भनिएको छ ।

खोपको साथै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर