उपाध्यक्ष भट्टराईले भने- प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साथ नदिने राजनीतिक दलविरुद्ध जान सक्छौँ — OSNepal

उपाध्यक्ष भट्टराईले भने- प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साथ नदिने राजनीतिक दलविरुद्ध जान सक्छौँ

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । नेपाल बार एशोसियसनले नेपाली राजीनितिक दल विरुद्ध जाने चेतावनी पनि दिएका छन् । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग भइरहेको दोस्रो चरणको आन्दोलनमा साथ नदिने राजनीतिक दलहरु विरुद्ध जाने चेतावनी दिइएको हो ।

बारले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उपाध्यक्ष ईश्वरी भट्टराईले भने, ‘राजनीतिक दलहरू कानमा तेल हालेर बसेका छन् । नेपाल बार, नागरिक समाज र जनताले उठाएको विषय राजनीतिक दलले सुन्नुपर्छ कि पर्दैन ? राजनीति दलले उपयोग गर्न पाउन्जेलसम्म यो आदलातभित्रको कुरा हुन्छ ?उपयोग गर्न नपाउने भएपछि दलहरू जाग्ने छन्’।

न्यायपालिकाको स्वतन्त्र, जनताको आस्था र लोकतन्त्रको रक्षाका निम्ति कुनै पहल नगरेको भन्दै आफ्नो आन्दोलन राजनीतिक दलहरु प्रति सोझिन सक्ने बताएका हुन् । ‘हामी अहिलेसम्म तोकिएको घेराभित्रै छौँ, हामीले भद्रतापूर्व सम्माननीय प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छौं । यो एकाएक आएको विषय होइन । यो साढे २ वर्षदेखि नै घटनाक्रम विकास हुँदै आएको हो । नेपाल बारको नयाँ नेतृत्व आएपछि न्यायपालिकाको सुधारका लागि जनताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्यायौँ । त्यो कार्यान्वयन गर्न चाहनु भएन । अटोमेटिक सिस्टम हो । एक वर्षभित्र लागू हुन्छ भन्नुभयो । तर लागू गर्नु भएन ।’ भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर