प्रधानन्यायाधिश जवरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश — OSNepal

प्रधानन्यायाधिश जवरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश भएको आन्दोलनमा सहभागी कानुन व्यवसायीहरुले बताएका छन् ।

जवराले राजीनामा नदिए पनि दोस्रो चरणको आन्दोनको घाोषणा गरेको नेपाल बार एशोसियसनका अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले यस्तो बताएका हुन् ।

न्यायपालिकाको शुद्धिकरणका लागि जवराको राजीनामा माग गरिएको बताएका छन् । कार्यक्रममा सहभागी भएका एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्णले भने,’परिवारले राजीनामा माग गरेको हो ।तपाईंले न्यायपालिकाका संरचना बुझ्नु हुन्न कि के हो ?,न्याय सम्पादन गर्दिन भन्दा कसरी न्यायाधीश हुनुहन्छ नैतिक रुपमाले बस्न मिल्दैन । त्यसैले तपाईंले राजीनामा दिनुपर्छ । राजीनामा भनेको संविधानमा लेखिएको विषय हो ।’

प्रधानन्यायाधीशले पद त्याग नगरुन्जेलसम्म यो आन्दोलन जारी रहने बातउँदै आन्दोलन न्यायको पवित्रता र बिचौलियातन्त्रलाई उन्मूलन गर्नका लागि राजीनामा दिनुपर्ने बताएका छन् । जवरा समस्या समाधानको कारण नभएर समस्याको कारक बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर