वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज दिउँसो ३ बजे विश्वासको मत लिँदै — OSNepal

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज दिउँसो ३ बजे विश्वासको मत लिँदै

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते संयुक्त गठबन्धनका तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त नवनियुक्त पाण्डेले आज दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

नेकपा एकिकृत समावजादी पार्टीबाट मुख्यमन्त्री बनेका पाण्डलेलाई प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जनाको समर्थन रहेको छ ।

जसले गर्दा उनले विश्वासको मत पाउने भएका छन् । पाण्डेले आफ्नो सरकार टिकाउन ५५ सांसदको समर्थन लिनुपर्नेमा उनलाई ५९ सांसदको समर्थन रहेको छ । हाल वाग्मती प्रदेशमा १०९ प्रदेश सांसदहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर