विवादका कारण वडा अधिवेशन हुन नसकेको १३ जिल्लामा कांग्रेसले पठायो निवार्चन अधिकृत — OSNepal

विवादका कारण वडा अधिवेशन हुन नसकेको १३ जिल्लामा कांग्रेसले पठायो निवार्चन अधिकृत

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । विवादका कारण वडा अधिवेशन हुन नसकेको १३ जिल्लामा नेपाली कांग्रेसले निवार्चन अधिकृत पठाएको छ । कात्तिक २७ गते यी जिल्लामा अधिवेशन गराउन कांग्रेसले निवार्चन अधिकृत पठाएको हो ।

प्रदेश २ का ८ जिल्ला सहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत पठाएको छ । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमार श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रदेश २ का ८ जिल्लामा कांग्रेसले सप्तरीमा डा। रुद्र शर्मा,सिरहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतटहमा दिपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रप्रसाद अधिकारी र कैलालीमा टेकप्रसाद सुवेदीलाई निवार्चन अधिकृतको जिम्मा दिइएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गते सम्म हुने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर