बिषालु च्याउका कारण संखुवासभामा एकै परिवारका २ जनाले ज्यान गुमाए, अर्का एकको अवस्था पनि गंभीर — OSNepal

बिषालु च्याउका कारण संखुवासभामा एकै परिवारका २ जनाले ज्यान गुमाए, अर्का एकको अवस्था पनि गंभीर

LC (KTM) May 25, 2021 0

संखुवासभामा बिषालु च्याउ खाँदा बिरामी भएका थप एक जनाको पनि उपचार गर्दा गर्दै निधन भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुको खुङडुवामा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये २१ वर्षीया निर्जला राईको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको उपचारका क्रममा विराटनगरमा निधन भएको हो । गएको शुक्रवार जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका थिए । बिरामीमध्ये आठ वर्षकी रोजिना राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएको आइतवार ज्यान गएको थियो । अर्का आठ वर्षीय सन्दान राईको धरानमा उपचार भइरहेको छ । उनको अवस्था पनि गंभिर रहेको छ ।

अरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । च्याउकै कारण परिवारका २ जनाले ज्यान गुमाउनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर