काठमाडौं २१ कात्तिक । नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै बैंठक कात्तिक २८ गते बोलाइएको जनाएका हुन् ।
बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लगायतको उपस्थित हुने बताइएको छ तथापी , बैठकको कार्यसुची भने सार्वजनिक गरिएको छैन । बैठकमा १४ औं महाधिवेशनको विषयमा समेत छलफल हुने बताइएको छ ।