उपत्यकामा दाल चामल किन्नलाई मात्र दुई दिनको समय, पत्रकारहरुको लागि निषेधाज्ञामा बन्यो यस्तो नियम — OSNepal

उपत्यकामा दाल चामल किन्नलाई मात्र दुई दिनको समय, पत्रकारहरुको लागि निषेधाज्ञामा बन्यो यस्तो नियम

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । निषेधाज्ञामा पनि कोरोना संक्रमण नघेटेको भन्दै आज बसेको उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तिनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किनारा पसल समेत बन्द गर्ने निणर्य गरेको छ । आज मंगलबार बसेको तिनै उपत्यकाको सिडिओहरुको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि पुग्ने गरी खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो । तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिनै लाग्दा फेरि जेठ २० गते सम्मको लागि चौथो पटक निषेधाज्ञा थपिएको हो ।

तरकारी पसलको लागि भने बिहान ९ बजेसम्म खोल्न दिइने छ भने बेलुका पुर्ण रुपमा बन्द गरिने निणर्य गरेको छ ।त्यस्तै पत्रकारहरुको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य रुपमा हुनुपर्ने छ  । नहुनेका लागि मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने निर्णय गरेको छ । शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिइएको छ जसको लागि बिहान र बेलुका निश्चित समय ताकिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर