नेपालमा आज ६४०४ जनाले जिते कोरोनालाई , १ सय ६९ जनाको कोरोनाबाट निधन — OSNepal

नेपालमा आज ६४०४ जनाले जिते कोरोनालाई , १ सय ६९ जनाको कोरोनाबाट निधन

LC (KTM) May 25, 2021 0

काठमाडौं । नेपालमा आज ८६३६ जनामा संक्रमण पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला दिनमा देशभर निषेधाज्ञा गरिएको भएता पनि स।क्रमणदर भने बढ्दो क्रममा नै रहेको छ । त्यस्तै १ सय ६९ जनाको कोरोनाबाट निधन भएको मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर