बौद्धस्थित नयाँ बस्तीबाट नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामा ६ लाख रुपैंया सहित जुवाखालबाट पक्राउ — OSNepal

बौद्धस्थित नयाँ बस्तीबाट नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामा ६ लाख रुपैंया सहित जुवाखालबाट पक्राउ

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कात्तिक । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा लामा सहित १८ जनालाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको हो ।

बौद्धस्थित नयाँ बस्तीबाट सागर लामाको फ्ल्याटमा पक्राउ परेका लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका छन् । उनीहरुको साथबाट प्रहरीले नगद ६ लाख रुपैंया समेत बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर