गगनलाई रिजालले दिए चुनौती: हिम्मत छ भने चुनाव घोषणा गरी 'सिंगल-सिंगल’ भिडौं — OSNepal

गगनलाई रिजालले दिए चुनौती: हिम्मत छ भने चुनाव घोषणा गरी ‘सिंगल-सिंगल’ भिडौं

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेसलाई चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल(सिंगल’ भिडौं भनेर कडा चुनौती दिएका छन् ।

नेपाली कांग्रेसका नेता गगन थापाले आगामी चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं भनेर दिएको अभिव्यक्तिको जवाफदिँदै नेता रिजालले आँट छ भने चुनाव गरेर देखाउन भनेका हुन् ।

‘कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ- चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल-सिंगल’ भिडौं ‘नेता रिजालाले समाजीक सञ्जालमा भनेका छन् ।

कुनै बेला कांग्रेसनै सरकारमा हुँदाविमलेन्द्र निधिले ‘देशलाई एमाले-मुक्त बनाउँछौं भनेर दिएको भाषणमा सिमित भएको बताउँदै उनले चुनावमा उनी आफैं मधेशबाट मुक्त भएको स्मरण गराएका छन् । यस्ता भाषणले एमालेको रौंलाई पनि फरक नपर्ने बताएका छन् ।

‘हाम्रो चुनौती छ- चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल-सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ’ उनले भनेका छन् ।

रिजालले भनेका छन् , ‘कुनै बेला कांग्रेस सरकारमा हुँदा विमलेन्द्र निधिले ‘देशलाई एमाले-मुक्त बनाउँछौं’ भनेर भाषण गरेका थिए । तर, चुनावमा उनी आफैं मधेशबाट मुक्त भए । अहिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ. चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल(सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर