काठमाडौ । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको छ । मोष्ट वाण्टेड, जष्ट फर यु लगायत आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता रामभक्त श्रेष्ठको लेखन, निर्देशन रहने ‘मधुरिमा’ पारिवारिक प्रेमकथामा आधारित रहने बताइएको छ ।
गणेश पाण्डेको प्रस्तुति, युवराज पौडेल निर्माता रहने ‘मधुरिमा’ मा पुष्कर राउत, हर्षिका श्रेष्ठ, जान्वी बस्नेत, गणेश पाण्डे, बाबुराम उपाध्याय, संजय महर्जन, बिकाश पुजारी आदिको अभिनय रहने छ ।
यसमा नृत्य अर्जुन भुषाल, व्दन्द शंकर महर्जन, मेकअप रबि कार्कीको रहने छ भने आगामी मंसिरको दोस्रो साताबाट चलचित्रको छायांकन हुने निर्माण पक्षले जानकारी दिएका छन् ।