मैलै र प्रचण्डजीले एमसीसी पास गछौं भनेर लेखेर दिएका छौं : देउवा — OSNepal

मैलै र प्रचण्डजीले एमसीसी पास गछौं भनेर लेखेर दिएका छौं : देउवा

LC (KTM) November 04, 2021 0

काठमाडौं १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास हुने बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत पुगेका प्रधानमन्त्री देउवाले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको प्रश्नको जवाफ दिँदै आफुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता पास हुन्छ भनेर लेखेरै दिएको बताएका छन् ।

‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन गरेरै पठाएका छौं ’देउवाले भने ।

भ्रमणमा एमसीसीकी डेपुटी सीईओलाई समेत भेटेका देउवाले डेपुटी सीईओले आफुलाई किन संसदको अधिवेशन किन अन्त्य गरेको भन्दै प्रश्न समेत गरेको बताएका छन् ।

विमानस्थलमा देउवाले केही अध्यादेश ल्याउनुपर्ने भएकाले संसद रोकिएको भएपनि एमसीसी पास गर्न कुनै असर नपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर