अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्धा — OSNepal

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्धा

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायी अदालत पुगेका छन् । अदालतले फैसला गरेको संसद पुर्नस्थापनलाई प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थको लागि फेरि संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओली विरुद्ध अदालतको अवहेलना भएको भन्दै अवहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् । संसद पुर्नस्थापना जसरी पनि हुनुपर्छ भन्दै अधिवक्ता त्रिपाठी अदालत पुगेका हुन् ।

अबको २४ घण्टाभित्र ओली अदालतमा उपस्थित हुन माग गर्दै न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम हदै सम्म सजाय मग गर्दै त्रिपाठी अदालत पुगेका छन् । तथापी उनको रिट भने दर्ता भइसकेको छैन । अदालतको अवहेलना गरेको आरोप यदि ओली माथि लाग्यो भने उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर