२६ करोड रुपैयाँको औषधिको उपचार गराइरहेकी ११ महिनाकी बालिकाको उपचारका क्रममा निधन, सहयोग गर्नेहरु शोकमा — OSNepal

२६ करोड रुपैयाँको औषधिको उपचार गराइरहेकी ११ महिनाकी बालिकाको उपचारका क्रममा निधन, सहयोग गर्नेहरु शोकमा

LC (KTM) November 04, 2021 0

काठमाडौं- संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधि सेबन गरेपनि ११ महिनाकी बालिकाको दुखद निधन भएको छ । अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएपनि राती सास फेर्न समस्या भएपनि बालिका वेदिका शिन्देको मृत्यु भएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदिकालाई स्पाइनल मस्कुलर एट्रफी ९एसएमए० नामको जेनेटिक स्वास्थ्य समस्या थियो ।

उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो ।

त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो । यो वियालेले विश्वभर नै खुबै चर्चा पाएको थियो र बालिको को तस्विर पनि सामाजिक संजालमा भाइरल बनेको थियो ।वेदिकाको यसरी मृत्यु भएपछि अहिले विश्वभर उनलाई चिनेका र सहयोग गरेका मानिस शोकमा डुबेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर