युईएफए च्याम्पियनन्स लिग : रियल म्याड्रिड र इन्टरको जित — OSNepal

युईएफए च्याम्पियनन्स लिग : रियल म्याड्रिड र इन्टरको जित

LC (KTM) November 04, 2021 0

काठमाडौं, १८ कात्तिक – युईएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जित हात पारेका छन् ।

बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए । साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए ।

समूह ‘डी’ कै अर्काे खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान एक एक गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए ।

जितसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ । इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर