फेरी सीपीएल खेल्ने मौका पाए सन्दीपले — OSNepal

फेरी सीपीएल खेल्ने मौका पाए सन्दीपले

LC (KTM) May 25, 2021 0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने फेरी सीपीएलमा जोडिने भएका छन् । सन्दीपले २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी – २० क्रिकेट नयाँ क्लब साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट खेल्ने पक्कापक्की भउको हो ।

काएरन पोलार्डको कप्तानीमा रहेको सन्दीपको नयाँ टिममा सिकन्दर राजा, अमेरिकाका अली खान र न्युजिल्याण्डका बलिन मनरो जस्ता चर्चित खेलाडीहरु छन् । जसमा स्पीनरहरु सुनिल नारिन, अखिल हुसेन र ख्यारी पिएरे पनि छन् । सन्दीपको नयाँ टिम ट्रिनवागो इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम नै हो ।

जसका मालिक हुन् बलिउड सुपरस्टार शाहरुख खान । त्यस्तै उक्त टिमका अन्य मालिकहरुमा जे मेहता र जुही चावला पनि रहेका छन् । हालसम्म तीन फरक टोलीबाट सीपीएल खेलिसकेका सन्दीपले गत वर्ष जमैका तल्हवाजबाट शानदार प्रस्तथुती दिँदै १ खेल खेल्दै १२ विकेट लिएका थिए । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर