एक महिनादेखि बन्द रहेको पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो — OSNepal

एक महिनादेखि बन्द रहेको पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो

LC (KTM) November 03, 2021 0

पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् ।

उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पु¥याएर आउन जान दिने गरेका छन् । अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।

अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारीक कारोवार धेरै हुने गरेको छ । पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोवर ५ देखि बन्द भएको थियो । नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए । नाका खुल्ला भएपछि सवै खुशी भएका छन् ।

“पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,” पाकिस्तानी उच्च सिमा सुरक्षा अधिकारीले भने । सिमा बन्द गर्नका लागि राखिएका बस्तुहरु पनि सिमानाबाट हटाइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर