मुम्बई । कोरोनाको महामारी पछि सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु भएको छ । चलचित्रकर्मीहरु आफैं फिल्म निर्माण र छायाँकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘फायर’ मा सेफ अली खान जोडिएका छन् ।
अहिले यो फिल्म निर्माणको तयारी भईरहेको छ । यो फिल्ममा उनीसँग अर्का नायक फरन अख्तर जोडिएका छन् । यी दुबै अभिनेता अहिले यो फिल्मको छायाँकन तयारीमा व्यस्त छन्
यस पटक आफुहरु जोडीको रुपमा प्रस्तुत हुन लागेको यी दुईले बताएका छन् ।सैफ अलीका अनुसार उनले फरनसँग काम नगरेको दुई दशक भयो । आफुहरु दुई दशकपछि यो फिल्ममार्फत सँगै आउन लागेकाले दर्शकलाई आफुहरुको जोडी निकै महत्वपूर्ण हुने विश्वास यी अभिनेताको छ ।
यसै विषयमा सैफले भनेका छन्,‘बितेको केही समयदेखि फरनसँग काम गर्ने मेरो ठुलो चाहना थियो । त्यो चाहना यसपटक पुरा गर्दैछु ।’अभिनेता सैफ अलीले कोरोना सँक्रमण अघि नयाँ फिल्म भूत पुलिसमा काम गरेका थिए । त्यसपछि उनी यो फिल्ममा जोडिएका हुन् ।